You are currently viewing नेपाल मगर संघ केन्द्रिय समितिको प्रेस बिज्ञप्ति !

नेपाल मगर संघ केन्द्रिय समितिको प्रेस बिज्ञप्ति !

मगर जाति एउटा गौरवपुर्ण इतिहास बोकेको आकाश झै फैलिएको विशाल आदिवासी मानव जाति हो। यसका ७ वटा मुल थरहरु पुन, आले, घर्ती, बुढा, राना, थापा र रोका हुन् । मगर जाति भित्रका यी थरहरुले आ-आफ्नो कुल पितृ पुजाआजा र भाइखलकको कल्याण गर्ने पबित्र उद्देश्यले खोलेका बिभिन्न मगर थरका समाज खोलिएका मध्ये “पुन समाज नेपाल”को नामवाट मिति २०७८ भदौ ३१ गते जारि गरिएको अपिलमा पुन मगरलाई मगर समाज देखि छुट्टाउने दुरासयले पुन जाती र मातृभाषालाई पुन भाषा भनेर उल्लेख गरेर २०७८ सालको जनगणनामा सोही अनुसार लेख्ने भनेर आव्हान गरेकोमा नेपाल मगर संघको गंभीर आपत्ति मात्रै नभएर घृणा सहितको भत्सर्ना गर्दछ ।
मगर जाति र समाजको विकास र अधिकार दिलाउने नाममा मगर जाति र समाज बिभाजन गर्नका लागि मगर समाज भित्रका कुनै पनि मगर संघ/ संस्था स्थापना गर्ने र चलाउने छुट वा सुविधा हरबखत कसैलाई छैन । विगतमा कुनै पनि कारणले सृजना भएका समस्याहरुलाई हल गर्न अहिले नेपाल मगर संघको केन्द्रीय समिति, संरक्षक समिति र सल्लाहकार समितिमा पुन समाज नेपाल र पुन मगर समाज नेपाल यी दुईवटा संस्थावाट प्रतिनिधि राखेर काम गरेको ५ बर्ष भइसकेको छ तर आज फेरि मगर जातिभित्रको विभिन्न मौलिक थरहरु मध्ये पुन थरलाई जात र मगर मातृभाषालाई पुन भाषा भन्ने भनेर पैसाका लागि मगर एकता फुटाउने केही दलाल वा कुनै वेला कुनै पनि कारणले पुन मगर जातको आवरण लिएका केही नक्कली पुन मगर बनेका जासुसीहरुको गलत प्रचार र मगर जाति फुटाउने भ्रममा आम मगर जनहरुलाई नपर्न नेपाल मगर संघको तर्फबाट जानकारी गराउदछ। मानवशास्त्रीय र समाजशास्त्रीय दृष्टिले पनि विश्वाब्यापी रुपमा कुनै पनि जातिको थर उपथरवाट कुनै अमुक जाति बन्दैन र थर अनुसार भाषा पनि बन्न सक्दैन । यदि केही दलालहरुको भनाई साबिति हुने हो भने संसारमा पुन भाषा कहाँ बोलिन्छ कस्तो हुन्छ र त्यसको व्याकरणीय भाषा विज्ञान कस्तो हुन्छ पुष्टि सहित प्रोजेक्सन गर्न आग्रह गरिन्छ जसको सामना गर्न तयार छौ होइन भने सोझा साझा मगरलाई भ्रममा पारेर तरंगित पारेर मगर समाजलाई विभाजन गरेर आफ्नो अभिष्ट पुरा गर्ने चाहने गलत काम बन्द गरियोस । यदि मनमा कतै मगर जाति र समाजलाई उत्थान गर्ने मन छ भने उनीहरूको चौतर्फी विकास र हरेक खाले अधिकारका लागि आवाज उठाउने र लड्ने गर्नुस् असली समाज सेवा यही हुनेछ ।
इतिहास देखि अहिले सम्म मगर विभाजन गर्ने कु तत्वहरुको कदमहरु एक एक रेकर्ड गरेका छौ । समाज सेवाको नाममा मगर एकता भत्काउनु अपराध हो कुनै शक्ति केन्द्रहरुव्दारा आर्थिक लाभ लिएर मगर एकता बिभाजन गर्ने दलालहरुको भ्रममा नपर्न आम मगरलाई सचेत गराउन चाहन्छौं । यदि पुन समाज नेपालको नाममा मगर जातिलाई आच आउने र बिभाजन गर्ने कार्य गरेमा कठोर कदम चालिने छ र जसवाट निस्कने कुनै पनि परिणामको जिम्मेवारी बिभाजनकारी र सहयोग गर्ने जुनसुकै पक्ष हुने यसै प्रेस बिज्ञप्ति मार्फत जानकारी गरिन्छ । साथै नेपाल मगर संघ केन्द्रीय समितिको आधिकारिक धारणा वाहेक अरु कसैको बहकाउमा लागेर आफ्नो दिमाग नबिगार्न आम मगरलाई अनुरोध समेत गरिन्छ।
नोट : आगामी जनगणनामा जातिमा : मगर, मातृभाषामा : मगर ढुट वा मगर खाम/पाङ वा मगर काइके र धर्ममा: प्रकृति पुजक वा बुध्द लेख्न सबैमा हार्दिक अपिल गरिन्छ।
जय नेपाल मगर संघ। जय मगर एकता ।। जय संघीय मगरात गणतन्त्र नेपाल ।
नवीन रोकामगर (अध्यक्ष) ज्ञानेन्द्र पुनमगर (महासचिव)
मिति २०७८ अशोज १ गते

Leave a Reply