You are currently viewing सरकारी कामकाजको भाषा सम्बन्धमा भाषा आयोगलाई ज्ञापन पत्र

सरकारी कामकाजको भाषा सम्बन्धमा भाषा आयोगलाई ज्ञापन पत्र

मगर समुदायको मातृभाषा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा आज (२०७८ अशोज ४ गते) भाषा आयोग” को अध्यक्ष मा. लवदेव अवस्ती लाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र नेपाल मगर संघ केन्द्रिय समितिले बुझाएको छ।
नेपाल मगर संघ केन्द्रिय समितिको अध्यक्ष नबिन रोकामगरको नेतृत्वमा आयोगमा पुगेको प्रतिनिधिमण्डलले आयोगको माननीय अध्यक्ष र सचिव लक्ष्मी प्रसाद भट्टराई सग मगर भाषाहरु ( मगर ढुट, मगर खाम/पाङ्ग र मगर काईके) लाई ब्यबहारिक र बस्तुपरक ढंगले ब्यबस्थापन गर्ने बारेमा गहन छलफल गरि गरेको थियो। प्रदेश ४ (गण्डकी), ५ (लुम्बिनी) र ६ (कर्णाली) मा पूर्णरुपले सरकारी कामकाजको भाषाको रुपमा मगर ढुट र मगर खाम/पाङ्ग ब्यबस्था गर्न र प्रदेश १, २, ३ (बागमती) मा मगर ढुटलाई आंशिक रुपले सरकारी कामकाजको भाषा ब्यबस्था गर्न, त्यसै गरि प्रदेश न ६ कर्णालीमा मगर काईके लाई र प्रदेश न ७ (सुदुर पश्चिम) मा मगर ढुट र मगर खाम/पाङ्ग लाई आंशिक रुपले सरकारी कामकाजको भाषा ब्यबस्था गर्न माग गरिएको छ।
नेपाल मगर संघ केन्द्रिय समितिको प्रतिनिधि मण्डलमा महासचिव ज्ञानेन्द्र पुनमगर, संरक्षक गौबहादुर आलेमगर, सल्लाहकार कर्ण बुढामगर, केन्द्रिय सदस्यहरु जिबन रोकामगर र कमल थापामगर, युवा सघ केन्द्रिय अध्यक्ष जय बुढामगर, सास्कृतिक सघ उपाध्यक्ष अमला थापामगर, लेखक संघ अध्यक्ष डा बिष्णु सिञ्जालिमगर र महासचिव श्याम रानामगर लगायतका भाषिक अभियानताहरुको समेत उपश्थिति रहेको थियो।

Leave a Reply